चितवन,कार्तिक १८ ।
रत्ननगर नगरपालिका वडा न ३ का निरज रेग्मी ,खैरहनी नगरपालिका वडा न १३ का ईश्वर ढुङ्गाना र रत्ननगर नगरपालिका वडा न ९ का विनय ढुङ्गानाले चितवन १ बाट क्रमशः प्रतिनिधि सभा र प्रदेश सभामा विवेकशिल साझा पार्टिबाट उमेद्धवारी दर्ता गराउनुभएको छ । निरज रेग्मी चितवन क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यका लागि उमेद्धवारी दर्ता गराउनुभएको छ । उहा बिगत १० वर्ष देखि प्राध्यापन क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएको छ । ईश्वर ढुङ्गाना चितवन १ को (क) बाट विनय ढुङ्गाना (ख) बाट उमेद्धवारी दर्ता गराउनुभएका छन् । ईश्वर ढुङ्गाना सौराहाचोकमा रहेको युनियन अफसेट प्रेसका सञ्चालक हुन् भने विनय ढुङ्गाना बिगत दश वर्ष देखि चितवनका विभिन्न सञ्चार माध्यमहरुमा कार्य गरी सक्नुभएको छ भने उहां हाल चितवन भूमि साप्तिाहिक पत्रिकाका प्रकाशक र प्रवन्ध निर्देशक समेत हुन् । सुसंस्कृत राजनीति, कल्याणकारी राज्य, भ्रष्टाचार अन्त्य मूल अवधारणा राख्दै विवेकशिल साझा पार्टिमा उमेद्धवारी दिएको साथै यसपटक राष्ट्रिय दल र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावि मैदानमा होमिएको बताएका छन् । उहाँहरुले चितवन १ का जनतामा आफु परिचित रहेका कारण भोट दिने बताउनुभएका छन् ।
विवेकशिल साझा पार्टिका उमेद्धवार यसप्रकार छन् ः

चितवन क्षेत्र न १
प्रतिनिधि सभा उमेद्धवार ः निरज रेग्मि
प्रदेश सभा सदस्य ः (क) ईश्वर ढुङ्गाना र (ख) विनय ढुङ्गाना

चितवन क्षेत्र न २
प्रतिनिधि सभा उमेद्धवार ः भुपेन्द्र वस्नेत
प्रदेश सभा सदस्य ः (क) जगदीश पन्त (ख) रामचन्द्र तिमिल्सिेना

चितवन क्षेत्र न ३
प्रतिनिधि सभा उमेद्धवार ः शरद पाठक
प्रदेश सभा सदस्य ः (क) विष्णु प्रसाद पौडेल (ख) दिर्धराज सापकोटा

Facebook Comments Box