अजित अधिकारी
चितवन । माडीको अयोध्यापुरीमा निर्माण गर्ने भनिएको राम मन्दिरको विषय पहिला जति चर्चामा चुलिएको थियो । अहिले त्यति नै घट्दै गएको देखिन्छ । बिगतमा दुई तिहाईको सरकार रहँदा प्रधानमन्त्री बनेका नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एबम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै गृह जिल्ला एबम निर्वाचन क्षेत्रमा उनले राम मन्दिर बनाउने घोषणा गरेका थिए ।

कतिपय राजनितिक बिष्लेषकहरुले प्रचण्डलाई पछि पार्नको लागि र आँफु प्यारो बन्नको लागि यस्तो गरेको हुनसक्ने बताएका छन् । बिगतमा बाम गठबन्धन बनाएर प्रचण्डलाई जिताउन माडी आएका ओलीले जनतासमक्ष अब कम्युनिष्ट एक भएको बताएका थिए । नभन्दै देशकै ठुलो पार्टी र दुई तिहाईको सरकार बनाएर छाडे । तर जनताले अपेक्षा गरे अनुसारको काम हुन नपाउदै सरकार पतन भयो ।

आखिर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं संसद विघटन देखि लिएर पार्टी समेत छिन्नभिन्नको अबस्थामा पुग्यो । जनताको मन जितेर बहुमत पाएको सरकार आफ्नै कारणले अल्पमतमा पर्दा समेत आफ्नो गल्ती औंल्याउन नसकेका नेताहरु उही कागलाई बेल पाक्यो हर्ष न, बिष्मात झैं भए । दुई तिहाईको सरकार नै टुटफुट भएपछि अहिले सबै पार्टीको सम्झदारीमा संयुक्त सरकार गठन भएको छ । जसअनुरुप प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा रहेका छन् । उनले आफ्नो कार्यकालमा अयोध्याको बारेमा के कस्तो चिन्तन र यसको बिकासमा कसरी लाग्लान संगसंगै यसलाई कत्तिको महत्व दर्शाउछन् । भन्ने विषय रोचक रहेको छ ।

यसको तात्पर्य हामी कहाँ भएको जस लिने परिपाटी हाबी भएको हुँदा यसले अर्कै रुप लिने त होइन । भन्ने कतिपय मानिसहरुको तर्क छ । उता पार्टी फरक भएपनी मेयर ठाकुर प्रसाद ढकालले सकारात्मक रूपमा लिएका छन् । केही दिन अगाडि भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा अयोध्याका बारेमा र यसको बिस्तृत विवरण जस्तो जग्गा छनौटसंगै डेलिगेसन तथा ताकेता कत्तिको भएको छ । भन्ने प्रश्नमा, मेयर ढकालले सुरुका दिनहरुमा एमाले अध्यक्ष एबम पूर्वप्रधानमन्ती केपी शर्मा ओलीलाई भेट गरेको र भेटमा सकारात्मक प्रतिक्रिया आएको बताए ।

संगै जग्गा छनौटको बिषयमा भने आधिकारिक धारणा नआएको बताए । नगरपालिकाले अहिले झन्डै १०० बिगाह जग्गा माडी ८ स्थित कृष्ण नगर पार्कमा छुट्टाएको र नगरकार्यपालिकाले निर्णय गरी पठाउनुपर्ने र माथीबाट एकिन हुनुपर्नेसंगै भुगर्भबिदद्वारा माटो परिक्षण हुनुपर्नेमा हुन नसकेको बताएका थिए । यो संगै अयोध्याको निर्माणले माडीको सर्बोपरिमा हित हुने हुँदा यसको बिकास र काम छिटै अगाडि बढाउन र जुनसुकै सरकारले पनि यसलाई प्राथमिकता दिनुपर्ने भन्दै अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवालाई काम अगाडि बढाउन र स्मरण गराउन केही दिनपछि जाने समितिको निर्णय भएको बताएका थिए ।

उक्त रामधाम निर्माणको लागि सरकारी तवरबाट बजेट समेत बिनियोजन भएको छ । जसअनुरुप आबश्यकता अनुसारको बजेटको आधारमा बिकास गरिनेछ । बिगतमा थुप्रै तामझामका साथ विशाल रथ यात्रा सहित निकालिएको शोभा यात्रामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रमको उद्घघाट्न गरेका थिए ।
सोही दिन रामनवमीको अबसर पारेर गरिएको राम, सीता, लक्ष्यमण र हनुमानको मूर्ति स्थापना गर्दै, पौडेलले माडी क्षेत्र ऐतिहासिक महत्वका रुपमा मात्र नभई धार्मिक तथा पर्यटनका रुपमा समेत अगाडि रहेको बताएका थिए । यति मात्र नभई कृषि क्षेत्रमा समेत माडी अग्रणी रहेको बताए ।

यसैक्रममा उनले यस अयोध्याधाम बिकासको लागि भोलिका दिनमा अझ सक्रियता पुर्ण ढंगले लाग्ने र अब क्रमिक रुपमा मूर्ति एबम मन्दिर साथै अन्य भौतिक संरचनाको निर्माण प्रक्रिया अगाडि बढ्ने बताएका थिए । तरपनि उनले भने अनुसार काम भने भएको देखिदैन । यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै, पर्यटन मन्त्री भानुभक्त ढकालले पनि यस क्षेत्रको बिकासको लागि आँफुहरु सधैं निरन्तर प्रयासरत रहने बताए ।

रामनवमीका अबसरमा गरिएको मूर्ति स्थापनाले देशमा मात्र नभई बिश्व जगतमा नै भगवान राम नेपालमा जन्मिएका हुन भन्ने सन्देश दिएको र धार्मिक प्रमाणहरुले पनि रामजन्म भुमि माडी नै रहेको प्रमाण फेला परेको बताएका थिए । बिगतमा पार्टी फुटको संघारमा नजाँदै अहिलेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस बारेमा सकारात्मक प्रतिक्रिया दिएका थिए । तर अहिले यस कुरालाई भने ओलीले पहिले जति चासो देखाएका थिए । तर अहिले त्यति चासो देखाएको देखिदैन । हुन त उनी चेपाङ्गको बस्ती निर्माण नगरी भुमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध नगराई भगवानको मन्दिर बनाउछु भन्नु हास्यास्पद भएको विभिन्न राजनीतिक बिश्लेषकहरुको भनाइ थियो । अहिले त्यस मन्दिर निर्माण क्षेत्रमा राम लक्ष्युमण हनुमान र सीता बस्न बनाइएको सानो मन्दिर र मूर्ति बाहेक अरु देखिदैन ।

Facebook Comments Box