रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाकामा वडा सदस्यको आर्थिक सहयोगमा खाद्य सामाग्री सहयोग गरिएको छ ।

नेपालीहरुको महान् पर्व विजया दशमीको अवसर पारेर रत्ननगर नगरपालिका वडा नम्बर ६की वडा सदस्य केशरीमाया सुनारको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको समन्वयमा स्थानिय अति विपन्न १६ परिवारलाई खाद्य सामाग्री सहयोग गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए ।

खाद्य सामाग्री सहयोग हस्तान्तरणमा नेपाली काग्रेस चितवन क्षेत्र नम्बर १का सभापति राजु प्रसाद सिलुवाल , उपशाखाका निवर्तमान सभापति राममणि खनाल,वडा सदस्य सुनार, उपशाखाका सभापति सुवास बिडारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम उपशाखाका सचिव मनोज चौधरीले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box