चितवन । गायिका अपेक्षा गिरीको नया गीत निष्ठुरी प्रदेशीको भिडियो सार्वजनिक गरिएको छ।अर्जुन पोखरेलको संगीत रहेको ुनिष्ठुरी प्रदेशीुको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् ।गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ ।

निकै मार्मिक गीत ुनिष्ठुरी प्रदेशीु को भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्मा अभिनय रहेको छ ।भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ ।घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई सिर्जन बराल ९ ऋषि ० निर्देशन गरेका हुन्।अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग ुसोल्टिनीु र टंक तिमिल्सिना ुमाया नमार्नु नि हैु जस्ता सफल गीत सार्वजनिक भईसकेको छ ।

Facebook Comments Box