चितवन । रत्ननगर नगरपालिका ६ बछौलीमा रहेको नेपाल रेडक्रस सोसाइटी उप शाखा बछौलीले गरिव विपन्न तीन सय परिवारलाई लामखुट्टे धुप सहयोग गरेको छ ।

उप शाखा बछौलीले कोभिडको समयमा स्वास्थ्य सामाग्री , खाधान लगायतका सामाग्री सहयोग गरेको थियो । उपशाखा वछौलीले रत्ननगर १२ का अतिविपन्न करिव तीन सय परिवारलाई लामखुट्टे मार्ने धुप वितरण गरेको उपशाखाका निवर्तमान सभापति राममणि खनालले वताए ।

उपशाखाको पहल र स्वास्थ्य मन्त्रालयको सहयोगमा प्राप्त लामखुट्टे धुप वितरण गरेको उपशाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जनाकारी दिनु भएको छ ।

 

Facebook Comments Box