कन्चनपुर ८ वैशाख । कञ्चनपुरमा हुने विवाहमा वढीमा ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । कोरोनाभाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्णयमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित भइ सामाजिक दुरीलगायत कोभिड–१९ को जोखिम न्युनीकरणका उपायहरु अबलम्बन गरेर विवाह कार्य सम्पन्न गर्नहुन स्पष्ट गरिन्छ ।”

त्यस्तै प्रशासनले जिल्लाभित्र हुने विवाहका लागि सवारी पास आवश्यक नपर्ने, गाडीमा शुभ विवाहको व्यानर राख्नुपर्ने, बेहुला–बेहुली, पण्डित र पुजा सामग्री राख्न आग्रह गरेको छ ।

Facebook Comments Box