धर्मधाम जिरौनामा भोलि खुल्ला रक्तदान कार्यक्रम हुने

चितवन ५ भदौ । धर्मधाम जिरौनामा भोलि भदौ ६ गते शुक्रवार बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । श्रीकृष्ण प्राकट्य महोत्सव एवम् श्रीकृष्ण दिव्य दर्शन २०७६ श्रीकृष्ण जन्माष्टमीको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्मिक समिति धर्मधाम जिरौनाकोले जनाएको छ । यो समयमा रगतको अभाव हुने र रगतको माग वढीहुने भएकोले कार्यक्रमको आयोजना गरेको प्रारम्मिक समिति धर्मधाम जिरौनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →