चितवन २४ मंसिर । रत्ननगर ९ मोहनामा रहेको जस्पाल देवीको मन्दिरमा हिजो देखि श्रीमद्भागवत धन धान्याञ्चल पितृ उद्धार ज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको प्रदेश नम्बर ३ का सांसद कृष्ण खनालले उद्घाटन गर्नुभएको हो ।
महायज्ञको उद्घाटन अघि मोहना स्कुलबाट जस्पाल मन्दिरसम्म बृहत झाँकीसहितको शोभा यात्रा निकालिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल ,रत्ननगर नगरपालिकाका मेयर नारायण वन विशिष्ट अतिथि रहनुभएको थियो ।
श्रीमद्भागवत धन धान्याञ्चल पितृ उद्धार ज्ञान महायज्ञ मुल आयोजक समिति जस्पाल देवी मन्दिर रनपा ९ को आयोजनामा भएको सो धान्यञ्चलमा भागवत भुषण ज्योतिषाचार्य पण्डित श्री निर्मल पौडेलले कथावाचन गर्नुभएको छ ।
भुमि खरिद गरी मन्दिर पुनर्निर्माण गर्ने,ई लाईब्रेरी सहितको अध्ययन केन्द्र निर्माण गर्ने उध्यश्यले आयोजना गरिएको महायज्ञ पौष २ गतेसम्म सन्चालन हुनेछ ।

Facebook Comments Box