मंसिर २३ गते रत्ननगर/ रत्ननगर ९ मोहनामा रहेको जस्पाल देवीको मन्दिरमा भोलीदेखि सुरु हुने श्रीमद्भागवत धन धान्याञ्चल पितृ उद्धार ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । महायज्ञको प्रदेश नम्बर ३ का सांसद कृष्ण खनालले उद्घाटन गर्नु हुनेछ । श्रीमद्भागवत धन धान्याञ्चल पितृ उद्धार ज्ञान महायज्ञ मुल आयोजक समिति जस्पाल देवी मन्दिर रनपा ९ को आयोजनामा हुने सो धान्यञ्चलमा भागवत भुषण ज्योतिषाचार्य पण्डित श्री निर्मल पौडेलले कथावाचन गर्नुहुनेछ । महायज्ञको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । भुमि खरिद गरी मन्दिर पुनर्निर्माण गर्ने,ई लाईब्रेरी सहितको अध्ययन केन्द्र निर्माण गर्ने उध्यश्यले आयोजना गरिएको महायज्ञ भोली मंसिर २४ गतेदेखि पौष २ गतेसम्म सन्चालन हुनेछ ।

Facebook Comments Box