चितवन २२ मंसिर । राप्ती नगरपालिका २ गड्यौली स्थित परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाले सर्वाधिक र गुणस्तरीय दुध विक्री गर्ने कृषकहरुलाई पुरस्कृत गरेको छ ।
संस्थाको शनिवार सम्पन्न २३ औं वार्षिक साधारण सभाको अवसरमा ३० जना कृषहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र संस्थाका अध्यक्ष रामेश्वरसिंह ओलीले मिल्क क्यान प्रदान गरे ।
त्यस्तै संस्थाका १५ जना जेष्ठ सेयर सदस्यलाई सम्मान तथा कृषकका ४ जना छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । सो अवसरमा वोल्दै कृषि मन्त्री लामाले सहकारीले समन्वय गरे राप्ती नगरपालिकामा दाना उद्योग र मिनी दुध कारखाना खोल्ने वताए । कार्यक्रममा संस्थाका अध्यक्ष ओलीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक शिवकान्त ओलीले लेखा परिक्षण प्रतिवेदन र व्यवस्थापक रामवहादुर खड्काले भावी कार्ययोजना प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटा,राप्ती नगरपालिका प्रमुख प्रभा वराल,राष्ट्रिय दुग्ध विकास वोर्डका सदस्य विश्वराम खड्का, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य वालकृष्ण उप्रेती,संस्थाका उपाध्यक्ष रामजी कडेंल लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box