चितवन , २२  मंसिर। पूर्वी चितवनमा जारी खैरहनी महोत्सवमा शनिवार एकै दिन २० हजार भन्दा वढि दर्शकले अवलोकन गरेका छन् । महोत्सवको सातौ दिन शनिवार विदाको दिन पनि परेकाले करिव २० हजार भन्दा वढि दर्शकले महोत्सवको अवलोकन गरेको आयोजक उद्योग वाणिज्य संघ खैरहनीका तृतिय उपाध्यक्ष रामेश्वर पोखरेलले जानकारी दिए । संघ र खैरहनी नगरपालिकाको आयोजनामा मंसिर १६ गतेदेखी लदरी खोला किनारमा महोत्सव चलिरहेको छ । शनिवार वच्चादेखी वृद्ध सम्मको उपस्थिती देखिन्थ्यो । महोत्सवको स्टलहरु पनि खचाखच रहेको थियो । यसअघिका दिनहरुमा दैनिक ७ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । शनिवार दर्शकको उपस्थितीले हौसला मिलेको उद्योग वाणिज्य संघका महासचिव कुमार खनालले वताए । महोत्सवको वाँकी तीन दिन पनि दर्शकको उत्साहजनक साथ पाउने विश्वास रहेको खनालको दावी छ । सास्कृतिक कार्यक्रममा शनिवार चर्चित गायक टंक वुढाथोकी,अशोक दर्जी,एआर वुढाथोकी,दुर्गा सापकोटाको प्रस्तुती रहेको थियो ।

सानै उमेरमा मन विनाको धन ठुलो की धन विनाको मन वोलको गीत गाएर चर्चित वनेका अशोक दर्जीलाई हेर्न र उनको प्रस्तुती अवलोकनका लागि दर्शकहरुको घुंईचो लागेको थियो । महोत्सवको आठौ दिन आईतवार लोकदोहोरी गायक रामजी खाँड,गायिका भुमिका गिरी,गायक मिलन लामा,गायिका दुर्गा सापकोटा ,हास्य कलाकार ज्योती काफ्ले ,केदार घिमिरे लगायत स्थानीय कलाकारको प्रस्तुती रहने सास्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । कृषि,पर्यटन,व्यापार,उद्योग,संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजित महोत्सव मंसिर २५ गते सम्म चल्ने छ ।

Facebook Comments Box