काठमाडौँ,२१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको सिक्टा सिंचाई आयोजनामा भएको अनियमितता मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार आयोगले पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका अध्यक्ष पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वमन्त्री एव‌ं राप्रपा ९प्रजातान्त्रिक० का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ ।

वर्तमान आयोजना प्रमुख सर्वदेवप्रसाद, सिडिई मिनराज ढकालविरुद्ध पनि भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ ।

पूर्वआयोजना प्रमुख शरदचन्द्र पण्डितमाथि ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीमाथि १ अर्ब ५६ करोड, रमेश बस्नेतमाथि २ अर्ब १२ करोड बिगो, माग छ । सिडीईहरु सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्कीलाई पनि भ्रष्टाचार मुद्दा लगाइएको छ । सिँचाइ विभागका इन्जिनियरहरु कमलप्रसाद रेग्मी, रविनाथबाबु श्रेष्ठ, आशिषभन्द्र खनाललाई पनि प्रतिवादी बनाइएको छ ।

Facebook Comments Box