विकाश पौडेल
चितवन १० मंसरि । चितवनको रत्ननगरमा जारी पूर्वी क्षेत्र महोत्सवमा दर्शकको उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको छ । एनएस क्रियशन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुक्त आयोजनामा गत कार्तिक ३० गते देखि महोत्सव चलिरहेको छ । महोत्सव अन्तर्गत हिजो चर्चित लोकदोहरी गायक बद्रि पंगेनी साथै स्थानिय कलाकारको प्रस्तुती रहेको थियो ।
आज महोत्सव चर्चित गायक रमेश राज भट्टराई , दिनेश काफ्ले (कमेडि ) साथै स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले वताएको छ ।

त्यस्तै महोत्सव अन्तर्गत फुड फेस्टिबल समेत चलिरहेको  फेस्टिबलका संयोजक गोकुल पराजुलीले जानकारी दिनु भएको छ ।
चितवनमा शव वहान संचालन तथा व्यवस्थापन,पत्रकार संरक्षण कोष र असहाय वालवालिका संरक्षण कोष स्थापना गर्ने उदेश्यका साथ आयोजित महोत्सव मंसिर ११ गते भोलि सम्म चल्नेछ ।

Facebook Comments Box