काठमाडौ १० मंसिर । शिक्षातथा स्वास्थ्य उपसमितिको बैठक आज पनि बस्दैछ । सरकार र प्राध्यापक डाक्टर गोविन्द केसी बीच भएको सम्झौता र राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा उपसमितिमा दफाबार छलफल गर्नकालागि बैठक आज पनि बस्न लागेको हो । बैठक आज बिहान ११ बजे सिंहदरवारमा बस्ने छ ।स्वास्थ्य उपसमितिको हिजो बसेको बसेको बैठकमा बोल्न नपाएका सांसदले आज आफ्नो धारणा राख्ने छन् । राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमाअहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ । सरकार र डा.केसी बीच साउन १० गतेमा नौँ बुँदे सम्झौता भएको थियो । समझदारीअनुसार १० वर्षसम्म काठमाडौँमा नयाँ मेडिकल कलेज स्थापनागर्न नपाइने लगायतका रहेका छन् ।

Facebook Comments Box