विकाश पौडेल

रत्ननगर ८ मंसिर । चितवनको रत्ननगरमा जारी पूर्वी क्षेत्र महोत्सव दर्शकको उत्साहजनक रहेको आयोजकले जनाएको छ । एनएस क्रियशन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुक्त आयोजनामा गत कार्तिक ३० गते देखि महोत्सव चलिरहेको छ । महोत्सव अन्तर्गत आज शनिवार चर्चित लोकदोहरी गायक मिलन लामा र निशा लामाको प्रस्तुती रहनआयोजकले वताएको छ । आज शनिवार भएकोले अन्य दिनको तुलनामा दर्शकको अत्याधिक भिड हुने आयोजकले विश्वास गरेको छ ।
त्यस्तै महोत्सव अन्तर्गत हिजो वाट फुड फेस्टिबल समेत सुरु भएको फेस्टिबलका संयोजक गोकुल पराजुलीले जानकारी दिनु भएको छ ।
चितवनमा शव वहान संचालन तथा व्यवस्थापन,पत्रकार संरक्षण कोष र असहाय वालवालिका संरक्षण कोष स्थापना गर्ने उदेश्यका साथ आयोजित महोत्सव मंसिर ११ गते सम्म चल्नेछ ।

 

Facebook Comments Box