दोलखा, ७ मंसिर । खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताउनु भएको छ। रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्म विश्वास र एकरुपकता सबैमा हुनुपर्ने बताउनु भएको हो।

कार्यक्रममा उहाले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताउनु भयो।दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न आफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउदै उहाले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको बिकास गर्न आफु लागि पर्ने धारणा राख्नुभभयो। त्यस्तै खानेपानीको सम्बन्धमा उहाले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा आपुर्ति गर्ने ब्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताउनुभयो ।दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।

Facebook Comments Box