विकाश पौडेल
चितवन,३मंसिर । पूर्वी चितवनको रत्ननगरमा सुरु भएको पूर्वी क्षेत्र महोत्सव हिजो तेस्रो दिन शनिवार दर्शकको घुईचो लागेको थियो । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा महोत्सव सञ्चालन भएको छ ।
एन।एस।क्रियशन एण्ड इभेन्टस् प्रा।लि।र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको अवसरमा चितवनको रत्ननगरआकर्षक रुपमा सजिएको छ । महोत्सवको एक भव्य समरोहका बीच पूर्व अर्थमन्त्री एवंम चितवन क्षेत्र नम्वर १ का साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नु भएको थियो ।

महोत्सवमा आज महोत्सवमा निकै चर्चित र वहु प्रतिभाका खानि दोहरी व्याटल , वोलमाया जस्ता निकै चर्चित भाका मार्फत मनमनमा वस्न सफ गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शकहरुले मनोरञ्नज लिएका थिए । आज चर्चित गायिका मेलिना राई, सुनिल पण्डित साथै स्थानिय कलाकारहरको प्रस्तुती रहने आयोजकले वताएको छ ।
महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त महोत्सवबाट भएको आम्दानीले क्लबले शव बहान खरीद गरी सञ्चालन गर्ने, पूर्वीमा कार्यरत सञ्चारकर्मीहरुका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक निरज श्रेष्ठले बताए । चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिनु भएको छ । महोत्सवमा ३०० वटा स्टल रहेको छ भने आगामी मंसिर ११ गते सम्म सञ्चालन हुने छ ।

Facebook Comments Box