चितवन, २८ कार्तिक ।विश्व मधुमेह दिवसको अबसरमा आज भरतपुरमा निःशुल्क मधुमेह परीक्षण गरिएको छ ।

लियो क्लव अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढको आयोजना र नवल पोलिक्लिनीकको प्राविधिक सहयोगमा आज सुगर फास्टिङ् र ब्लड ग्रुप परीक्षण निःशुल्क गरिएको हो । कार्यक्रममा एक सय जना भन्दा बढिले निःशुल्क परीक्षण गरी सेवा लिएको कार्यक्रम संयोजक मोहन तिवारीले जानकारी दिए । सो अवसरमा अन्य परीक्षणहरुमा समेत भारी छुटको व्यवस्था गरिएको थियो । सेवा लिनेहरुको रक्त समूह समेत निःशुल्क रुपमा परीक्षण गरिएको थियो । साथै सहभागिहरुलाई मधुमेहको बारेमा विभिन्न सचेतनामुलक कार्यक्रम समेत गरिएको थियो ।
भरतपुर–१० अस्पताल रोडस्थित नवल पोलिक्लिनीकमा भएको कार्यक्रम विहान ७ बजेदेखि नै परीक्षणका लागि युवादेखि वृद्धहरुको भीड लागेको थियो । कार्यक्रममा लियो क्लव अफ नारायणगढका पूर्व मोहन गिरी, लायन्स क्लव अफ नारायणगढका अध्यक्ष जीवन गुप्ता, वर्तमान अध्यक्ष निता श्रेष्ठ, नवल पोलिक्लिनिकका प्रवन्ध निर्देशक प्रकाश कँडेललगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box