चितवन, २८ कात्तिक । नेपालमा नै उत्पादन भएको दूध बिक्री नभइरहेको अवस्थामा प्रदेश सरकारले चाइनाबाट गाई नेपाल भित्र्याउन लागेको भन्दै चितवनका किसानले विरोध जनाएका छन ।
प्रदेश नम्बर २ , ३ र गण्डकी प्रदेशका प्रदेश सरकारले चाइनाबाट १० हजार वटा गाई भित्र्याउन लागेको भन्दै चितवनका किसानहरुले विरोध उत्रिएका छन । आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै किसानहरुले नेपालका नै उन्नत जातका गाईहरु प्रसस्त भएको अवस्थामा चाइनाबाट कमिशनको लागि गाई भित्र्याउन लागिएको आरोप लगाएका छन ।

Facebook Comments Box