चितवन, २७ कार्तिक । चितवनको कालिका नगरपालिका वडा नं। ६ मा स्थायी घर भएका ३१ वर्षीय आकाश बञ्जारा हाल हङ्गकङ्गमा बस्दै आएका छन् । विगत ४ वर्षदेखि हङ्गकङ्ग बस्दै आएका उनी नेपालका हरेक घटना, गतिविधिको चासो दिइ रहेको पाईन्छ । उनले रत्ननगर ९ मा रहेको जनचेतना यूवा समुहले एम्वुलेन्स खरिद सहयोगार्थ विभिन्न क्रियाकलाप सञ्चालन गरेको थाहा पाएर नगद रु १० हजार सहयोग हस्तान्तरण गर्नु भएको छ ।


यस अघि पनि आकाश बञ्जाराले रत्ननगर १५ माधवपुरमा संचालित धनधान्याञ्चल महायज्ञमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापनार्थ रु १ लाख ११ हजार १ सय ११ उपलब्ध गराएका थिए।त्यस्तै गामबेशी चेपाङ केन्द्रमा आश्रित विद्यार्थीहरुका लागि रु। २५ हजार र रत्ननगर १५ का ब्लड क्यान्सर पिडित विद्यार्थी शिरिषा लामिछानेको उपचारको लागि रु। २० हजार । त्यस्तैगरी विन्ध्येश्वरी आधारभूत विद्यालय माधवपुरको सम्पूर्ण कक्षा कोठामा सिलिङ पंखा र सोही विद्यालयका चेपाङ विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा समेत उपलब्ध गराएका थिए । रत्ननगर २ का मुस्लिम बालबच्चाहरुका लागि ४५ हजार रुपैया खाद्यान्न किन्न सहयोग गरेका थिए, मृगौला पिडित काठमाडौ निवासी कर्ण मोक्तानलाई पनि उनले रु। १० हजार सहयोग गरेका थिए । उनले यसका अतिरिक्त विभिन्न क्षेत्रका बिरामी, असहाय एवम् विभिन्न संस्थाहरुलाई पनि सहयोग गरेका छन् । सर्लाहीका टुहुरा ४ जना विद्यार्थीहरु पढाउन उनले वार्षिक रुपमा आर्थिक सहयोग गरिरहेका छन् । उनले पठाएको आर्थिक सहयोगहरु रत्ननगर १५ का युवा समाजसेवी अमृत वस्तीले व्यवस्थापन गरिदिएका छन् ।

Facebook Comments Box