काठमाडौ २४ कार्तिक । प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् भंग गर्नु भएको छ । स्थानीय समय अनुसार मध्यरातदेखि संसद् भंग भएसँगै जनवरी ५ मा त्यहाँ आमचुनाव हुनेछ । बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले भने त्यस्तो कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । विक्रमसिङ्गलाई हटाएर उहाँको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछिश्रीलंकामा राजनीति संकट गहिरिएको छ । त्यसको पछिल्लो घटनाका रुपमा संसद भंग भएको छ । गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उहाँको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सार्नुभएको छ ।

Facebook Comments Box