काठमाडौ २० कार्तिक । यमपञ्चकको दोस्रो दिनआज आज्ञापालक र भरपर्दो रक्षककारूपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुरलाई मीठो खानेकुरा दिने र मालालगाइपूजागर्ने प्रचलन छ । यमराजको द्वारपालको रूपमाश्याम र सवलनामक कुकुरले यमलोक जाँदायमलोकको ढोकाखोलिदिन्छन् भन्ने परम्परागतमान्यता छ । वैवस्यतमन्वन्तर कुलमाजन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । समाजमा प्रतिष्ठा कायम राख्नपनि राम्रा, आकर्षक र महङ्गा कुकुर पाल्ने र प्रभातकालीन समयमा कुकुर डो¥याउँदै यत्रतत्रयात्रागर्ने सहरबजारमा सोखको रुपमापाइनथालेको छ । शत्रु र मालिकको सहजै पहिचानगर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ । पशुपतिस्थितचुनचुनबाबाको आश्रममापालिएका कुकुरलाई आजकादिनमाउत्सवका साथपूजनगरिँदैछ र आर्यघाटमा नर्क बगाउने व्यवस्थागरिएको छ । नदीखोलात्रिवेणी दोभानवाजलाशययुक्त स्थानमा स्नान गरेर माटो जरासहितको अपमार्गको विरुवा टाउकोमातीन पटक घुमाएर खोलामाबगाई नर्क बगाउने प्रचलनपनि छ ।

Facebook Comments Box