काठमाडौ १९ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा आज शुभकामना आदान प्रदान तथा जलपान समारोहको आयोजना गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा आयोजना हुने जलपान समारोह अपराह्न साढे २ बजेबाट सुरु हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिले यसअघि कात्तिक १६ गते जलपान समारोहको आयोजना गर्ने तयारी गर्नुभएको थियो । तर, सोही दिन प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान समारोह आजका लागि सारिएको हो ।

 

Facebook Comments Box