काठमाडौ १९ कार्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने यमपञ्चक अथवा तिहार आजबाट सुरु भएको छ । यमदूत मानिने कागलाई भोजन गराईकागप्रति श्रद्धा प्रकट गरिदै आजबाट यमपञ्चक सुरु भएको हो । काग पुजासँगै तिहार सुरु भएको छ । यमराजले यसै दिनदेखि मृत्युलोकमा पाँचदिनसम्म विचरण गर्न आएको जनविश्वासमा अवको पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ । यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजा गरेमा पितृले सोझै स्वर्गमा स्थानमा पाउँछन् विश्वास रहेको छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा समेत लिने गरिन्छ । यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा गरी आरोग्य दिवस मनाउने गरेका छन् ।

Facebook Comments Box