चितवन, १७ कात्तिक । बेल्जियमको लागि नेपाली पर्यटन दुत यूवा समाजसेवी बिनोद न्यौपाने ,पोर्चुगल मा रहदै आएका इन्द्र न्यौपाने र कान्छा छोरा सबिन न्यौपाने बुहारी हरु सन्जु,गंगा,अस्मिता र नातिनातिना सन्जिवनी,इमोन,सुबङ,इसिका,अवनिस न्यौपाने ले आफ्ना पुजनिय पिता एंव माता होम प्रसाद न्यौपाने र पस्ता कुमारि न्यौपानेले रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुरमा रहेको आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम बाट मा.वि. संचालन गर्न प्लस टु प्राविधिक अध्यापन गराउनका लागि संचालन गरेको धनधान्य महायज्ञमा नगद सहयोग प्रदान गरेका छन् । उनिहरुले १ लाख १५ हजार ५५० रुपैयाँ ५५ पैसा नगद सहयोग गरेका हुन् । समाजसेबी बिनोद न्यौपानेले गोरखा गलेने मा रहेको महेन्द्र मा.विलाई पनि निरन्तर सहयोग गर्दै आईरहेको र गोरखाकै विभिन्न हेल्थ पोष्टमा समेत बार्षिक आम्दानीको ५ प्रतिशत सहयोग गर्दै आएका छन् ।

Facebook Comments Box