चितवन, १७ कार्तिक । रत्ननगर नगरपालिका १ वकुलहरमा रहेको पुजा वचत तथा ऋण सहकारी संस्थाले २१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको शनिवार सम्पन्न आठौ वार्षिक साधारण सभाको अवसरमा रत्ननगर १४ स्थित जनदया माध्यमिक विद्यालयका १० जना र वकुलहर माध्यमिक विद्यालयका ११ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण वताएको छ । कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका मेयर नारायण वन र संस्थाका अध्यक्ष सदानन्द आचार्यले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । गरिव,विपन्न समुदायका विद्यार्थी छनौट गरेर शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका प्रवन्धक सुरज वहादुर लौडारीले जानकारी दिनुभएको छ । त्यस्तै
आजै असल ऋणी १४ जना,नियमित वचतकर्ता १२ जना,सर्वोत्कृष्ठ वचतकर्ता १ जना,उत्कृष्ठ कर्मचारी निषा ढकाल र सुजाता काफ्लेलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा रत्ननगर ३ का वडाध्यक्ष गुप्तनाथ भट्टराई,१० का वडाध्यक्ष केशव आचार्य,१६ का वडाध्यक्ष हेमराज थापा,ओम विकास वैंकका प्रवन्धक जीवन थापा ,शिक्षा उपसमितिका संयोजक रामचन्द्र दुवाडी लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box