पोखरा,१७ कात्तितक । पोखरा प्रिमियर लिग समुह चरणको अन्तिम दिनको पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनले काठमाडौँलाई चार विकेटले स्तब्ध पारेको छ । काठमाडौंले दिएको एक सय चार रनको सामान्य लक्ष पोखराले ६ विकेटको क्षतिमा १५।५ ओभरमा पुरा गरेको हो ।

पोखराका लागि मोहम्मद नावेदले सर्वाधिक ३६ रन, कुशल भुर्तेलले १४ रन, इन्दर सिंहले २२ रन, आशिफ शेख १६ रन र रोहित पौडेले १५ रनको योगदान गरे ।

बलिङतफर्द काठमाडौंका लागि अमर रौतेलले ३ विकेट ,पवन सफार , सुसान भारी र नन्दन यादवले समान १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं निर्धारित २० ओभर खेल्न नपाएरै १९।१ ओभरमा एक सय तीन रनको स्कोरमा सीमित हुन पुगेको थियो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान गरे । अमित श्रेष्ठले २१ रन, पवन सर्राफले १३ रन र बसन्त रेग्मीले १९ रनको पारी खेले ।

पोखराका लागि बलिङ तर्फ ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । मोहम्मद नावेद र रशिद खानले समान २र२ विकेट लिए भने विक्रम भुषालले १ विकेट लिए ।

Facebook Comments Box