कात्तिक १७ गते । चितवनमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज शनिबार चितवनमा विद्युत कटौती गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडीका प्रमुख चुटुन कुमार श्रीवास्तवका अनुसार आज शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत कटौती गर्न लागिएको हो ।

हेटौडा ग्रिड महाशाखाका अनुसार १३२ के।भि।लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागीएको प्राधिकरणका प्रमुख श्रीवास्तवले जानकारी दिनु भएको छ ।

Facebook Comments Box