कात्तिक १६ गते
चितवनमा भोली दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भोली शनिबार चितवनमा विद्युत कटौती गर्ने भएको हो ।
नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडीका प्रमुख चुनटुन कुमार श्रीवास्तवका अनुसार भोली शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत कटौती गर्न लागिएको छ ।

हेटाैडा ग्रिड महाशाखाका अनुसार १३२ के.भि.लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागीएको प्राधिकरणका प्रमुख श्रीवास्तवले जानकारी दिनु भएकाे छ ।

Facebook Comments Box