धु्रवराज खनाल , कार्तिक ११ गते । पूर्वी चितवनमा रहेका चार वटा स्थानीय तहले सयुक्त रुपमा दमकल खरिद गर्ने निर्णय गरेका छन् । खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको पहलमा आईतवार वसेको चार नगरपालिकाको सयुक्त वैठकले दमकल खरिद गर्ने निर्णय गरेको हो । पूर्वी चितवनमा रत्ननगर,खैरहनी,राप्ती र कालिका नगरपालिका स्थानीय तहको रुपमा छन् । दमकल खरिदका लागि कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको छ । चार वटा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सदस्य रहने गरि समिति गठन गरिएको खैरहनीका नगर प्रमुख चौधरीले वताए । समिति सदस्यहरुमा रत्ननगरका प्रमुख प्रशासकिय अधिकृत बाबुलाल रेग्मी,खैरहनीका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्मा र राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाई सदस्य तथा कालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरी सदस्य सचिव रहेका छन् । सो समितिले दमकल खरिदका लागि लाग्ने रुपैया लगायत अन्य विषयमा विस्तृत अध्ययन गरेपछि खरिद प्रक्रिया अगाडी वढाईने खैरहनीका नगर प्रमुख लालमणी चौधरीले वताए । यसअघि पनि पूर्वी चितवनमा रहेका चार वटा नगरपालिकाका प्रमुखहरुको वैठकपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा दमकल अनुदानका लागि पत्राचार गरेपनि कुनै प्रतिक्रिया नआएपछि चार नगरपालिकाले सयुक्त रुपमा समान रकम खर्च हुने गरी खरिद गर्ने निर्णय गरेको रत्ननगरका नगर प्रमुख नारायण वनले वताए । पूर्वी चितवनमा दमकल अत्यावश्यक छ रत्ननगरका प्रमुख वनले भने – अनुदान कुर्नु भन्दा यहाँका चारवटै नगरपालिकाले समान रकममा दमकल खरिद गर्न उपयुक्त ठान्यौ । वैठकमा खैरहनीका नगर प्रमुख चौधरी,रत्ननगरका प्रमुख वन,राप्तीका नगर प्रमुख प्रभा वराल,कालिकाका प्रमुख श्रेष्ठ,खैरहनीकी उपप्रमुख सुनिता थपलिया,राप्तीका उपप्रमुख इमानसिंह लामा लगायत चार वटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box