खैरहनी, १० कार्तिक  ।  पूर्वी चितवनको पर्सामा खैरहनी पोलिक्लिनिक प्रालिले सेवा सुरु गरेको छ । पोलिक्लिनिकको शनिवार (आज) एक कार्यक्रमकाबीच खैरहनी नगरपालीकाका प्रमुख लालमणी चौधरीले उद्घाटन गर्नु भएको थियो। सो अवसरमा वोल्दै मेयर चौधरीले वाहिर प्रचार गरे जस्तो सेवा सुविधा धेरै स्वास्थ्य संस्थाले नदिईरहेको उल्लेख गर्दै प्रचारमुखी नभई प्रभावकारी सेवा सुविधा प्रदान गर्न आग्रह गर्नु भएको छ। सानातिना समस्याका लागि पनि भरतपुर जानु पर्ने वाध्यता रहेको भन्दै मेयर चौधरीले खैरहनीलाई केन्द्रविन्दु वनाएर विषेशज्ञसहितको अस्पताल आवश्यक रहेको वताए ।

पुष्कर कडेंल,डाक्टर उमेश वर्तौला,रणधीर शाहसहित डाक्टरहरुको टोलीले खैरहनी पोलिक्लिनिक संचालन गरेका हुन् । डाक्टर वर्तौलाका अनुसार हाल सम्म २ करोड ६५ लाख रुपैया पोलिक्लिनका लागि खर्च भईसकेको छ । यहाँबाट विषेशज्ञ सेवा भएको ओपिडी,स्तरीय प्रयोगशाला,भिडियो एक्सरे,डिजिटल एक्सरे,इर्मजेन्सी सेवा,जनरल वार्डको सुविधा छ भने एक महिना भित्रै वालमैत्री क्लिनिक ,फिजियोथेरापी,इन्डोस्कोपी सेवा र एम्वुलेन्स संचालन गर्ने डाक्टर वर्तौलाले वताए । प्रालिबाट भएको खुद नाफाको २ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने प्रालिकी अध्यक्ष लक्ष्मी लम्सालले वताउनु भएको छ ।

Facebook Comments Box