आमा लाई लक्ष्यित गरि पाँच बाल गायकले आमा बोलको गीत सार्वजनिक गरेका छन। रोज बर्ड स्कुलमा कक्षा ६ मा अध्यनरत एलेक्स भेटवाल,आधार भट्टराई,ग्रेस चौलागाईं , आस्रिय ओलि ,रेइसन प्रजापतिको यो पहिलो गीत हो ।बाल गायकको रूपमा आफुलाई चिनाउन यी बाल गायकहरुले राम्रै मेहेनत गरेको प्रस्ट देख्न सुन्न सकिन्छ ।यश गीतमा शब्द तथा संगीत गायक ,संगीतकार तुलाधर दर्नालको रहेको छ।सबै बालक हरुको राम्रो मेहनत देखेर तुलाधर दर्नालले ूआमाूभन्ने गीत दिएको बताउँछन् ।
साथै गीत त्यतिकै मर्म स्पर्शि र महत्त्वपूर्ण रहेको सुन्न सकिन्छ ।यस गीतमा राहुल विश्वकर्मा को संगित संयोजन रहेको भने,अनिल बहादुर नेपाली को छायांकन अनि सम्पादन रहेको छ।भिडियो लाइ तुलाधर दर्नाल ले नै निर्देशन गरेका छन् ।गीतलाइ हाइलाइट्स म्युजिक ले युट्युब मार्फत सार्वजनिक गरेको छ भने द पिक डिजिटल मा गराईएको उत्त गीतलाई षडज प्रोडक्सनले उत्पादन गरेको हो।

Facebook Comments Box