रत्ननगर,९ कार्तिक । सहकारी संस्था तथा अगुवा कृषक स्तरिय व्यवस्थापन मलखाद सम्वन्धी अन्तरक्रिया तथा एक दिने प्रशिक्षण कार्यक्रम आज रत्ननगरमा सम्पन्न भएको छ ।
कामना बचत तथा ऋण सहकारी संस्था÷साल्टटेड्रि«ङ कर्पोरेसन नारायणगढको आयोजनामा रत्ननगर २ शिवालय मन्दिरको सभाहलमा भएको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गुरुप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष दिपकचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साल्टटेड्रि«ङ कर्पोरेसन नारायणगढका प्रमुख बुद्धि विनोद दाहाल,कृषीबिज्ञ भगवान खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments Box