काठमाडौं,९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सत्यनारायण मण्डलले मधेसमा सीके राउत र सशस्त्र समूहहरुबीच मिलेमतो रहेको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले ती दुवै पक्ष देशमा संकट पैदा गर्ने र देश विभाजन गर्ने खेलमा लागेको आरोप पनि लगाए ।

यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखकले केन्द्र सरकार नै संघीयता असफल बनाउने षडयन्त्रमा लागेको आरोप लगाए ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकोे हत्या प्रकरणमा दुईजना ‘प्रहरी अधिकृत बर्खास्त गरेर कारबाहीको मूलबाटो नै बन्द गर्ने लागेको त होइन रु’ भन्ने शंका उब्जिएको लेखकको भनाइ थियो ।

Facebook Comments Box