चितवन ,८ कात्तिक । दाङ घोराही उप महानगरपालिका वडा नंम्बर १२ सिस्नेरिमा मौरी चरनको लागी राखीएको मौरी खर्कमा ४० वटा दरिलो गोलामा विषाधी प्रयोग गरि मारिएको छ ।
चितवन कालीका नगरपालिका वडा नं ९ मौरीपालक किसान एवं नेपाल मौरीपालक महासंघ संचालन समितिका सदस्य विकास नेपाल लगायतका किसानहरुको मौरी चरिचनको लागी राखीएको गोलामा विषाधी प्रयोग गरि मारिएको हो ।
नियत बस यही कात्तिक ६ गते रातको समयमा अज्ञात समुहले विषाधी प्रयोग गरि मारिएकोभन्दै, मरेको मौरीको स्थलगत अनुगमन तथा घटनाको प्रकृति बुझिदिनुहुन नेपाल मौरीपालक महासंघ,जिल्ला शाखा चितवनका अध्यक्ष रोशन पण्डित तथा नेपाल मौरीपालक महासंघ,जिल्ला शाखा भरतपुर चितवनका अध्यक्ष शिवप्रसाद पौडेलद्धारा आज जारी प्रेस विज्ञप्तीमा अनुरोध गरिएको छ ।यस्तो जगन्य अपराध गर्ने गराउने दोषीलाई पत्ता लगाई हदैसम्मको कार्बाही गर्न र पिडीतलाई उचित क्षतिपुर्ति माग गरिएको छ ।
साथै स्थानिय निकाय, दाङका मौरीपालक किसान, सरोकारवाला निकाय तथा राजनितिक दलहरुलाई आपराधीक कार्यमा संलग्न अपराधीहरुलाई पहिल्याउन सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

Facebook Comments Box