काठमाडौं २ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दसैंकोे टीका लगाएका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा बुबाको हातबाट दसैंको टीका लगाएका हुन् ।बुबासँग टीका लगाएपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए ।

त्यसपछि उनले आफन्तजन र नीजि सचिवालयका कर्मचारीहरुलाई पनि टीका लगाइदिए ।

टीका ग्रहणपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दसैले नेपालीहरुमा प्रगाढ मित्रता कायम गरी हामीबीचका सबै समस्या समाधान गर्न प्रेरणा दिएको बताए ।

Facebook Comments Box