काठमाडौं २ कार्तिक। बडादशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलले पनि आज सर्वसाधारणलाई टीका लगाइदिएका छन्। पूर्वराजा शाहले आफ्नै निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।पूर्वराजाको हातबाट टिका थाप्नेको निर्मल निवासको मुख्य गेट अगाडि भीड लागेको थियो ।

अघिल्लो वर्षभन्दा यस वर्ष पूर्वराजाको हातबाट टिका थाप्न आउनेको संख्या उल्लेख्य थियो ।पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका थाप्न राप्रपा अध्यक्ष कमल थापा, नेताहरु बुद्धिमान तामाङ, टंक ढकाललगायत पूर्वपञ्च र सर्वसाधारण निर्मल निवास पुगेका थिए । निर्वास निवास पुगेकाहरुले पूर्वराजालाई देश बचाउन आग्रह गरेका थिए ।

Facebook Comments Box