चितवन २४ असोज । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवीदुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा रहे पनि अनुकुलता अनुसार पनि घटस्थापना राख्न सकिने समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमापनि घटस्थापनाको शुभसाइतमा जमरा राखिएको छ । घर–घरमा पनि जमरा राखिदैँछ । आश्विन शुक्लपक्षप्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमाजमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । आजको दिनविहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजा कोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै लगायतका अनाज छर्ने गरिन्छ । माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ ।कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।

Facebook Comments Box