रत्ननगर, २२ असोज ।हिन्दुहरुको महान् पर्व वडा दशैँको अवसरमा आज पुर्वी चितवन स्थित रत्ननगर ९ मोहनामा रहेको मोहना मा.वि. मोहनामा दशैँ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा डान्स प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा प्रथम सीता लामा , द्वितिय मनु थापा,मनि कमला ,तीतृय सुसिमा लामा र सान्टोना महातो , अन्जु महातो सान्त्वना भएको विधालयका सहायक प्रध्यानध्यापक विष्णु तिमलसिनाले जानकारी दिनुभयो ।
आजै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज मैनालीले गत बर्षको एसइइ को उत्कृष्ठ नतिजा ल्याउने कृष्णा वागल, सुशील खड्का, रन्नी महतो, पुजन लामा, मंकर महतो, नारायण पौडेल गरि ६ जना विद्यार्थीला २२ हजार रुपैयाँ व्यक्तिगत रुपमा प्रदान गर्नु भएको छ ।
कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक वोधराज पोखरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

Facebook Comments Box