रत्ननगर २२ असोज । नेपाल विद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पस इकाई समितीले आज नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावली २०७५ को पावन अवसरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रम नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सभापति तथा पूर्व संभासद रन्जित कर्णको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ,नेविसंघ केन्द्रिय कोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्द्रिय महामन्त्री हरिहर शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसँगै विद्यार्थीहरुले विजया दशमी तथा शुभदिपावलीको एक आपसमा शुभकामना साटासाट गरेका थिए ।
विद्यार्थी दिव्या पौडेल र ध्रुव लामिछानेले सन्चालन गरेको उक्त कार्यक्रम नेपाल विद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पस इकाई सभापति बिवेक उदासको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box