रत्नननगर ,२१ असोज । नेपाल रेडक्रस उपशाखा वछौलिको आयोजनामा दशै विषेश सांस्कृतिक कार्यक्रम रत्ननगरको सौराहामा सम्मपन्न भएको छ ।
कार्यक्रममा रेडक्रस चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथिरहनु भएको थियो । न्यौपानेले रेडक्रश सामाजिक कार्य भएकोले संस्कृतिको माध्यमवाट मनोरञ्जनको साथै फन्ड स्थापना गर्ने लक्ष्य प्रशंसा योग्य रहेको वताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा पछिल्लो समसामयकि निकै चर्चित र व्यस्त गायिका स्टेज कुईनको उपाधि पाउन सफल भुमिका गिरीले एक दर्जन भन्दा बढी प्रस्तुति राख्नु भएको कार्यक्रममा दर्शकको वान्समोरले भूमिका निकै व्यस्त भएकी थिइन । सरर आउ माया , हङकङका चुरोट गोरखपुरको सलाई लगायतको उनको प्रस्तुतीले कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए । त्यस्तै भुमिका गिरि र गोविन्द अधिकारीको दोहोरी प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा छेवाङ्ग लामासमुन्द्र ब्यान्ड र स्थानिय गायक गोविन्द अधिकारीको प्रस्तुतिरहेको थियो । नेपाल रेडक्रस उपशाखा वछौलिका निवर्तमान सभापति रामणी खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा उपशाखा वछौलिका सभापति सुवास विडारीको सभापतित्वमा सम्पन्न भएको थियो ।भने चर्चित संञ्चारकर्मी सन्जय दुवाडीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । 

Facebook Comments Box