असोज १७, काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने खेल नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार मध्यान्ह १२स्१५ मा सुरु हुनेछ । म्यानमार विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितसहित उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।
नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।
उक्त खेलमा नेपालले म्यानमारलाई १० रनमा अलआउट गर्दै मात्र २ बलमा खेल जितेको थियो । यस खेल विश्व क्रिकेट जगतकै सबैभन्दा छोटो खेल मध्येको एक खेल हो । छनोटमा नेपालले आयोजक मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ ।

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

Facebook Comments Box