काठमाडौं, १७ असोज । बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा राखिएको छ ।

फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती युवती र सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन् ।

ती युवतीले गत भदौ १८ गते राति आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको नहरमा फाले खवर आजको –नेपाल समाचारपत्रमा छापिएको छ ।

Facebook Comments Box