असोज १५, काठमाडौं ।नेपालले एक खेल अगावै साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । भुटानमा भैरहेको च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ बंगलादेशले पाकिस्तानमाथि १७–० को फराकिलो जित दर्ता गरेपछि नेपाल एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो ।

पाकिस्तानमाथिको फराकिलो जितमा बंगलादेशकी सिरत जाहान सोप्नाले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । मार्जियाले ह्याट्रिक पुरा गरिन् । सिउली अजिमले दुई तथा मिस्रात, अखि खातुन, कृष्णा रानी सरकार र तोहुरा खातुनले समान १ गोल गरिन ।

लगातार दोस्रो हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ । नेपालले पनि पाकिस्तानलाई १२–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको थियो । नेपालको जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिक पुरा गरेकी थिइन् ।

अब नेपाल र बंगलादेशबीच समूह विजेताको रुपमा प्रतिस्पर्धा हुनेछ । नेपाल र बंगलादेशबीच मंगलबार खेल हुनेछ । उक्त खेलमा जित हात पारे नेपाल समूह विजेताको रुपमा अघि बढ्नेछ ।

बंगलादेशसँगको बराबरी या हारले पनि नेपाल समूह उपविजेताको रुपमा अघि बढ्नेछ । बंगलादेश गोल अन्तरमा नेपाल भन्दा अघि छ

साभार मकालु खवर वाट

Facebook Comments Box