रत्ननगर १३ असोज । नेपाल तामाङ घेदुङले रत्ननगर नगरपालिका वडा नं ६ र ७ मा वडा स्तरीय समिति गठन गरेको छ । वडा नं ६ मा चन्द्रमान तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । ९ सदस्यी समितिको उपाध्यक्ष सोममाया तामाङ,जानुका तामाङ,सचिव निरुमाया तामाङ,कोषाध्यष्क्ष विष्णु लामा र सदस्यहरुमा विमला तामाङ,लक्ष्मी तामाङ,अनिता तामाङ,पञ्चमाया तामाङ चयन भएका छन । वडा नं ७ मा सिंह बहादुर तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । ११ सदस्यीय समितिको उपाध्यक्षमा हर्कमान लामा,लक्ष्मी तामाङ,सचिवमा वलबहादुर तामाङ,सहसचिवमा विमल तामाङ,कोषाध्यक्षमा नुङ्मामाया तामाङ र सदस्यहरुमा भक्तिमाया तामाङ,सोममाया लामा,विपीमाया तामाङ,सोमबहादुर तामाङ,शेर बहादुर तामाङ चयन भएको घेदुङकी अगुवा सरस्वती लामाले जानकारी दिइन । नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपीराज घलानको प्रमुख आतिथ्यता एवम् रत्ननगर नगर समितिका अध्यक्ष कृष्ण बहादुर तामाङको अध्यक्षतमा भएको सो कार्यक्रममा सचिव आशिक तामाङले संगठन विस्तार गर्नुको उद्देश्यका वारेमा जानकारी गराएका थिए ।

Facebook Comments Box