चितवन, १२ असोज। पूर्वी चितवनको रत्ननगरमा रहेका लायन्स क्लवहरुको आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ४ महिलासहित ४३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ रत्ननगर चित्रसेव बाबाका अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विनोद बस्नेत रहेका थिए। प्रमुख अतिथि बस्नेतले रक्तदान जस्तो पबित्र कार्यमा लायन्सहरुको उत्साहजनक सहभागिता प्रसंशनीय भएको उल्लेख गर्दै समाजसेवाको पर्याय लायन्स बन्न उपस्थित सबै लायन्सकर्मीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु नेपालका पूर्व गभर्नर घनश्याम भट्टराई, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलगायतको उपस्थिति रहेको कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबाका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रम लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा, लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ रत्ननगर मिट नेपाल, लायन्स क्लब अफ कम्युनिटि हेल्थ सौराहा र लायन्स क्लब अफ सौराहा वाइएल्डलाईफको संयुक्त आयोजनामा रत्ननगर–८ स्थित बाघमारामा भएको थियो ।

Facebook Comments Box