असोज १२ गते । नेपाल विद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पस इकाई समितीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावली २०७५ को पावन अवसरमा यही असोज २२ गते कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसँगै नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघका केन्द्रिय नेताहरुको उपस्थिति रहने नेपाल विद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्याम्पस इकाई सभापति बिवेक उदासले जानकारी दिनुभयो ।

सम्पूर्ण विद्यार्थीहरुलाई कार्यक्रममा सहभागि भई गरिमा बढाईदिनु हुन सभापति उदासले आग्रह गर्नुभएको छ ।

Facebook Comments Box