रत्ननगर १० असोज । अरुको हितका लागी सहयोगी हुनु सबैभन्दा ठुलो धर्म भएको नेपाली काग्रेसका माहामन्त्री डा शसांक कोइरालाले बताउनुभएको छ । भिन्न परीचय भएकाहरुका लागी उज्यालो नेपाल चितवनले रत्ननगरमा गरेको ब्हील चियर बितरण कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोेल्दै उहाँले आफुले सकेको सहयोग सामाजीक क्षेत्रको बिकास बिना देशको बिकास सम्भब छैन ।नेपालको सम्बृद्धिका लागी बिदेश गएका युवाहरुले गर्ने सेवाले महत्वपुर्ण भुमीका निर्बाहा गरेको समेत बताउनूभयो ।नेपाली जन सम्पर्क समीति अष्टे्रलीया राष्ट्यि समन्वय समिती तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० जना भिन्न परिचयभएका हरुलाई ब्हील चियर बितरण गरीएको हो ।शुकराम दराई, डिल कुमारी श्रेष्ठ,सप्त बहादुर तामाड,रमादेबि अर्याल, बिष्णु चौधरी, आयिसा महत्तो,सोमनाथ गौतम, गोपाल सुबेदि,रामकृष्ण अधिकारी र नारायण बराललाई ब्हील चियर बितरण गरीएको कार्यक्रम सचालक रुपनराज घिमीरेले बताउनुभयो ।

 

Facebook Comments Box