धुव्रराज लामिछाने
चितवन, ८ असार । पूर्वी चितवनको रत्ननगर २ मा रहेको कामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो दशौ साधारणसभा सम्पन्न गरेको छ ।
संस्थका अध्यक्ष दिपकचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न सभामा नेप्कसुन चितवनकी फिल्ड संयोजक शान्ता अधिकारी प्रमुख अतिथि रहेकी थिईन् ।
संस्थाका कोषाध्यक्ष टंकनाथ अधिकारी र लेखा समिति सदस्य संदिप वराकाेटीले आर्थिक प्रगति र अनुमानित वजेट प्रस्तुत गरेको कार्यक्रममा रत्ननगर वडा नं. २ का वडा अध्यक्ष तिलकराज शर्मा पौडेलले विशिष्ट अतिथि रहेका थिए ।

 

Facebook Comments Box