रत्ननगर ६ असोज । रत्ननगरमा रहेको रत्नश्री वहुउद्धेश्यीय सहकारी संस्था.लिमिटेडको १८ औं वार्षिक साधारणसभा आज रत्ननगरमा सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको प्रमुख आतिथ्यतामा भएको सो साधारणसभामा कार्यक्रममा एस.ईई.मा उत्कृष्ट अंक ल्याउने सुष्मा पौडेल,शैलेश दुलाल,खुत्रुके बचत अन्र्तगत १७ जना ,जेष्ठ नागरिक सम्मान अन्र्तगत ५ जना,असल ऋणी सम्मान अन्र्तगत १ सय २ जना शेयर सदस्यलाई सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारीको रुपमा नारायण अधिकारी र उषा बखती सम्मानीत भएका छन ।

संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथी रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी,अतिथी रत्ननगर नगरपालिकाका प्रशासकीय अधिकृत संगम सापकोटावडा नं १० का वडा अध्यक्ष केशव आचार्य,वडा नं ११ का वडा अध्यक्ष शशिभक्त न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box